१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


सार्वजनिक लेखा समितिको नेतृत्व पाउनुपर्ने एमालेको माग


0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सार्वजनिक लेखा समितिको नेतृत्व आफूले पाउनुपर्ने माग गरेको छ ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा समय माग गरि बोल्दै नेकपा (एमाले)का सांसद राजेन्द्रप्रसाद गौतमले नेपालको अभ्यास, परम्परा र मूल्य मान्यता अनुसार सार्वजनिक लेखा समितिको नेतृत्व विपक्षी दलले पाउनुपर्ने बताउनुभएको हो ।

सांसद गौतमले वर्तमान सरकार बनेको वर्षदिन बितिसक्दा पनि समितिको सभापति परिवर्तन नगरिएकोमा आपत्ति जनाउनुभयो । उहाँले सार्वजनिक लेखा समितिको नेतृत्वमा सरकारको छायाँ देखेको टिप्पणी गर्नुभयो ।

सांसद गौतमले देशमा आर्थिक अनियमितता बढेको भए पनि सार्वजनिक लेखा समितिले केही काम गर्न नसकेको बताउनुभयो । उहाँले प्रमुख प्रतिपक्ष दललाई बाइपास गरेर सार्वजनिक लेखा समितिको प्रतिवेदन ल्याइएको पनि बताउनुभयो ।

सांसद गौतम बोलिसकेपछि सभामुख अग्निप्रसाद सापकोटाले उहाँले उठाउनुभएको कुरामा आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो ।