१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कर्णाली प्रदेशको बेरुजु रकम २ अर्ब ७९ करोडभन्दा माथि


13
Shares

काठमाडौं । कर्णाली प्रदेशको बेरुजु रकम २ अर्ब ७९ करोडभन्दा माथि पुगेको छ ।

महालेखा परीक्षकको प्रतिवेदन अनुसार प्रदेशका सरकारी निकाय र अन्य संस्था तथा समितितर्फ गत आर्थिक वर्षको १ अर्ब १९ करोड र चालु आर्थिक वर्षको १ अर्ब ६० करोड गरी २ अर्ब ७९ करोड बेरुजु पुगेको हो ।

प्रदेश सरकार र प्रदेशका स्थानीय तहले नियम विपरीत बजेट खर्च गर्ने र समयमै पेस्की फर्छ्यौट नगर्दा बेरुजु बढ्दै गइरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

मन्त्रालयसहितका सरकारी कार्यालयतर्फ १ अर्ब ५३ करोड ८८ लाख र अन्य समिति तथा संस्थातर्फ ६ करोड २९ लाख ४५ हजार बेरुजु देखिएको छ । ७ वटा मन्त्रालय रहेको कर्णालीमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा सबैभन्दा बढी बेरुजु छ ।

त्यस्तै, प्रदेश सरकारले आर्थिक वर्ष ०७७÷०७८ मा ५४ करोड ५९ लाख रकम नियमविपरीत खर्च गरेको छ ।