२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


शेयर बजारमा बिहीबार दोहोरो अंकको सुधार


143
Shares

काठमाडौं । शेयर बजारमा बिहीबार पनि दोहोरो अंकको सुधार जारी रह्यो ।

उतार चढावबीच बजार परिसूचक नेप्से १५ अंक बराबरले उकालो लागेर २ हजार पुगेर थामियो । कारोबार पनि सुधारिएर अढाई अर्ब नजिक पुग्यो ।

यसदिन सबै समूहमा हरियाली छायो । लघुवित्त समूह सबैभन्दा उच्च ५५ अंकले उकालो लाग्यो । अरू अधिकांश समूह सामान्य दोहोरो अंकले सुधारिएका हुन् ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा २ सय २० कम्पनीको ६२ लाख कित्ता शेयर २ अर्ब ४१ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

१ सय १६ कम्पनीको शेयर मूल्य बढ्दा ५५ को घट्यो भने १२ को स्थिर रहको नेप्सेले जनाएको छ ।