
काठमाडौं । ताप्लेजुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका १५ वर्षीय लालकुमार शेर्पाको बिहीबार चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको हाे।मकै गोड्ने क्रममा चट्याङ लागेर लालकुमा शेर्पाको घटनास्थलमै मृत्यु भएको हाे ।
साथै १९ वर्षीय निमतेम्वा शेर्पा र १२ वर्षीय निमल्हमु शेर्पा भने घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्