१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रसुवागढी–केरुङ नाकामा दुईतर्फी ब्यापार सञ्चालन गर्ने सहमति


689
Shares

nepal china land dispute

काठमाडौं । नेपाल र चीन रसुवागढी–केरुङ नाकामा दुईतर्फी ब्यापार सञ्चालन गर्न सहमत भएका छन् ।

नेपाल–चीनबीच बिहिबार भएको सीमा परामर्श बैठकमा उक्त सहमति भएको हो । भर्चुअल रुपमा बैठकमा चीनले स्वास्थ्य मापदण्ड पालना गर्दै रसुवागढी नाकाबाट दुवै मुलुकमा सामान आयात निर्यात सुचारु गर्न सहमति जनाएको हो । रसुवागढी नाका कोभिड–१९ महामारी सुरु भएदेखि आंशिक मात्रै संचालनमा रहेको छ ।

परामर्श बैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्र मन्त्रालयका उत्तर पूर्वी एसिया महाशाखा प्रमुख लोकबहादुर थापा र चिनियाँ टोलीको नेतृत्व विदेश मन्त्रालयको सीमा तथा समुन्द्री मामिला विभागका महानिर्देशक होङ लियाङले गर्नुभएको थियो । त्यस्तै दुई देशबीच हुम्लाको हिल्सा–पुराङ सीमा बन्दरगाह खोल्ने निर्णय पनि भएको छ ।

परराष्ट्र मन्त्रालयले दुई देशबीच आयात निर्यात ब्यापारका लागि महामारी रोकथाम र नियन्त्रण संयन्त्र स्थापना गर्ने समेत सहमति भएको जनाएको छ ।