२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


भारतद्वारा नेपाललाई प्राकृतिक विपदका सामाग्री हस्तान्तरण


78
Shares

काठमाडौं । नेपाललाई भारत सरकारले प्राकृतिक विपदजन्य घटनामा प्रयोग हुने र्याफ्टिङ, त्रिपाल लगायतका सामाग्रीहरू सहयोग गरेको छ ।

शुक्रबार गृहमन्त्रालयमा नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले गृहमन्त्री बालकृष्ण खाँणलाई प्राकृतिक विपदजन्य घटनामा प्रयोग हुने र्याफ्टिङ, त्रिपाल लगायतका सामग्रीहरू हस्तान्तरण गर्नुभएको हो । भारतले ३ हजार टेन्ट्स, १० इन्प्लेटिबल रबराईज बोट्स लगायतका विपदका बेला प्रयोगमा आउने विभिन्न सामाग्री हस्तान्तरण गरेको छ ।

हस्तान्तरण कार्यक्रममा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले नेपाल र भारत मिलेर नै प्राकृतिक विपदका घटनाहरूको सामना गरिरहेको र निरन्तर सहयोगको अपेक्षा गरेको बताउनुभयो । उहाँले भूक्षय, बाढीका कारण नेपालमा हुने गरेको क्षतिमा भारत सरकारले सहयोग महत्वपूर्ण रहेको भन्दै नेपाल र भारत सरकारबीचको सम्बन्ध सुमधुर रहेको बताउनुभयो ।

त्यस्तै नेपालका लागि राजदूत श्रीवास्तवले वर्षाको बेला भारत र नेपालमा प्राकृतिक विपदका घटना धेरै हुने गरेकोले विपदपूर्व नै तयारीका लागि सामान हस्तान्तरण गरेको बताउनुभयो । उहाँले प्राकृतिक विपदका घटनाको न्यूनिकरणका लागि आगामी दिनमा पनि नेपाल र भारत मिलेर काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।

राजदुत श्रीवास्तवले विपदकाे सामना गर्नका लागि आवश्यक क्षमता विकास गर्न पनि भारतले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।