
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की सांसद सरलाकुमारी यादवले सरकारले ल्याएको नागरिकता विधेयकले नेपालको राष्ट्रियता सबल बनाउने बताउनुभएको छ ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव माथिको छलफलमा बोल्दै सांसद यादवले नागरिकता विधेयक नेपालको राष्ट्रियता सबल बनाउने पक्षमा रहेको बताउनुभयो ।
सांसद यादवले नागरिकताको विषयमा राजनीति नगर्न सांसदहरूलाई आग्रह गर्नुभयो । उहाँले नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलालाई कुनै शर्त नराखी अंगिकृत नागरिकता दिने व्यवस्था गरिनु प्रशंसनीय भएको बताउनुभयो ।
सांसद यादवले कानून कार्यान्वयन गर्ने अधिकारीले गर्ने व्यवहार महिलामैत्री नभएको भन्दै आगामी दिनमा यस्तो नहुने व्यवस्था गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । उहाँले विधेयक सर्वसम्मत पारित हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्