
भक्तपुर । भक्तपुरमा साइक्लिङ च्यालेन्ज हुने भएको छ ।
भक्तपुरका साइकलप्रेमीहरूको टीम साइकल कनेक्ट भक्तपुरले शनिबार साइक्लिङ च्यालेन्ज गर्न लागेको हो ।
भक्तपुरलाई साइक्लिङ गन्तव्य बनाउन र कोभिडको कारण ज्यान गुमाएका साइकलिष्ट यमलाल रसाइलीको परिवारलाई सहयोग रकम संकलन गरि कोष स्थापना गर्नका लागि कार्यक्रम गर्न लागेको आयोजकले जनाएको छ ।
च्यालेन्जलाई आयोजकले ‘भक्तपुर कोरा २०२२’ नाम दिएको छ । च्यालेन्जका लागि आयोजकले ५०, ७५ र १०० किलोमिटरका तीनवटा रूट तयार गरेका छन् ।
५० किलोमिटरको च्यालेन्जमा १ सय २० पुरूष, ८ महिला गरि १ सय ३८, ७५ किलोमिटरको च्यालेन्जमा ४५ पुरूष र २ महिला गरि ४७ र १ सय किलोमिटरको च्यालेन्जमा पुरूषतर्फ १ सय ४ र ३ महिला गरि १ सय ७ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।
च्यालेन्जबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा कूल २ सय ८२ जना साइकलयात्री सहभागी हुने संयोजक सुनिल ख्याजूले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्