१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रतिनिधिसभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित


910
Shares

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा नेपाली कांग्रेसकी पुष्पा भुसाल निर्वाचित हुनुभएको छ ।

शुक्रबार भएको निर्वाचनमा गठबन्धनकाे तर्फबाट उम्मेदवार बन्नुभएकी भुसालले एमालेकी उम्मेदवार विद्या भट्टराईलाई पराजित गर्नुभएको हो ।

भुसालले १४८ मत प्राप्त गर्दा एमाले उम्मेदवार भट्टराईको पक्षमा भने ९३ मत मात्रै खस्यो ।

साढे २ वर्षदेखि उपसभामुखविहीन रहेको प्रतिनिधिसभामा भुसालले नयाँ जिम्मेवारी पाउनुभएको हो ।

उपसभामुखमा निर्वाचित हुनका लागि तत्काल कायम रहेको सांसद संख्याको बहुमत आवश्यक पर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ । हाल २ सय ७१ सांसद छन् । जसको बहुमत १ सय ३६ हो ।

शुक्रबारको निर्वाचनमा २४२ सांसद उपस्थित थिए । एक सिट रहेको नेपाल मजदुर किसान पार्टी भने निर्वाचनमा सहभागी भएको थिएन ।