२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सात राजदूतको सपथग्रहण


910
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त नेपाली राजदूतहरूको पद तथा गोपनियताको शपथग्रहण गराउनुभएको छ ।

शुक्रबार राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित एक समारोहमा उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

राष्ट्रपति भण्डारीले तीर्थराज वाग्ले (बहराइन), डोरनाथ अर्याल (ओमान), नवराज सुवेदी (साउदी अरेबिया), बासुदेव मिश्र (श्रीलङ्का), भरतकुमार रेग्मी (अष्ट्रिया) तथा संयुक्त राष्ट्रसङ्घ कार्यालय, भियनाका लागि नेपालको स्थायी प्रतिनिधि, सुशीलकुमार लम्साल (इजिप्ट) र घनश्याम भण्डारी (बङ्गलादेश)लाई शपथग्रहण गराउनुभएको हो ।

समारोहमा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीसमेतको उपस्थिति थियो ।