१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अर्जुन र कट्रिनाको फिल्म एकैदिन रिलिज हुँदै


364
Shares

एजेन्सी । बलिउड अभिनेत्री कट्रिना कैफको फिल्म ‘फोन भूत’ र अभिनेता अर्जुन कपुरको फिल्म ‘कुत्ते’ दुवै एकैदिन प्रर्दशनीमा आउने भएका छन् ।

दुवै फिल्मको निमार्ण पक्षले फिल्मलाई ४ नोभेम्बरमा रिलिज गर्ने घोषणा गरेकाे हाे । साेही घोषणासँगै फिल्मको पोस्टर समेत सार्वजनिक गरिएकाे छ ।

विशाल भारद्वाजले सामाजिक सञ्जालमा मार्फत ‘कुत्ते’ फिल्मकाे मिति सार्वजनिक गरेका हुन् । अर्जुन कपुरका अलावा फिल्ममा तब्बु, राधिका मदन, नसिरुद्दीन शाह, कोंकणा सेन शर्मा, कुमुद मिश्रा र शार्दुल भारद्वाज पनि मुख्य भूमिकामा देखिने भएका छन् । विशाल भारद्वाजका छोरा आकाश भारद्वाजको यो फिल्ममार्फत डेब्यु गरेका छन् । यो फिल्मको टक्कर कट्रिना कैफको फिल्म ‘फोन भूत’सँग हुने भएकाे छ ।

फिल्म ‘फोन भूत’ मा कट्रिना कैफसँगै इशान खट्टर र सिद्धान्त चतुर्वेदी पनि मुख्य भूमिकामा देखिने भएका छन् । यसअघि ‘फोन भूत’ लाई अक्टोबर ७ मा रिलिज हुने तय भएतापनि मिति सारिएको हो ।