
पाँचथर । फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले आफूले पाउने तलव भत्ता तथा सुविधाबाट नगरका विपन्न, अशक्त भएका परिवार र सामाजिक कार्यमा सहयोग गर्ने बताउनुभएकाे छ ।
उहाँले साेही परिवारलाई सहयोग रकम समेत उपलब्ध गराउन सुरुवात गर्नुभएको हाे । उहाँले पहिलो चरण अन्तर्गत आफूले पाएको सेवा सुविधाबाट फिदिम-४ स्थित जागृति आवासीय विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि लुगा धुने वासिङ मेसिन खरिद गर्न ३५ हजार रुपैयाँ रकम प्रदान गर्नुभएको छ । उहाँले साेही विद्यालयका प्रधानाध्यापक डिल्ली प्रसाद लुईटेललाई ३५ हजार रुपैयाँ रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।
नगरप्रमुख काफ्लेले पाउने तलव भत्ता लगायत सेवा सुविधाबाट नगरपालिकाका १४ वटै वडामा आवश्यकता अनुसार विपन्न, अशक्त ब्यक्ति परिवारलाई निरन्तर रुपमा सहयोग गर्दै जाने नगरप्रमुखका स्वकीय सचिव भिम कार्कीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्