
एजेन्सी । बलिउड अभिनेत्री कंगना रनौत भारतीय पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा देखिएको फिल्म ‘इमर्जेन्सी’ को टिजर सार्वजनिक भएको छ ।
टिजरमा कंगना हुबहु इन्दिरा गान्धी देखिएकी छन् । सेतो कपाल, अनुहारमा हल्का चाउरीपनामा उनी बेग्लै देखिएकी छन् ।कंगनाको लुक्स र बोल्ने शैली पनि शानदार रहेको छ ।
कंगनाले फिल्मकाे पोस्टर र भिडियो इंस्टाग्राममा शेयर गर्दै लेखेकी छन्, ‘इमर्जेन्सीको फस्ट लुक्स पेश गरेकाे छु, दुनियाँको इतिहासमा सबैभन्दा शक्तिशाली र विवादास्पद महिलाको एक चित्रण ।’
फिल्म ‘इमर्जेन्सी’ छायाङ्कन चाँडै सुरु हुँदैछ । फिल्मको निर्देशन कंगनाले नै गर्दैछिन् ।
प्रतिक्रिया दिनुहोस्