
तेह्रथुम । तेह्रथुममा मुन्धुमी पदमार्गको अध्ययन अनुसन्धानको काम अगाडि बढेको छ ।
लिम्बुहरूको संस्कार, परम्पराको संरक्षण गर्ने उदेश्यले मुन्धुम पदमार्गलाई अगाडी बढाईएको लालीगुराँस नगरपालिकाका मेयर अर्जुन माबोहाङले बताउनुभयो । लिम्बुहरूको पहिचान मात्र नभई मावन जीवनको सुरुवातसँगै जैविक विविधता वनस्पती, प्राकृतिक सुन्दरतासँग मानव सभ्यताको विकास क्रमको ऐतिहासिकतालाई जोडेर पदमार्ग सुरुवात गर्न लागिएको हो ।
मुन्धुमी अध्ययन तथा वातावणीय पर्यावरणका लागि मुन्धुमी पदमार्ग अघी सारिएको मेयर माबोहाङको तर्क छ । यस क्षेत्रमा २३ प्रजातीका वनस्पती रहेका छन् । संरक्षणको अभावमा धेरै प्रजाती लोप हुँदै गएका छन् । पदमार्ग निमार्णले यहाँको जैविक, सांस्कृतिक, भौगोलिक, ऐतिहासिक र धार्मिक सम्पदाहरूको संरक्षण हुने अपेक्षा समेत गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्