१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


टेलिकमले घटायो भ्वाइस र डेटा महसुल


17.524k
Shares

काठमाडौं । नेपाल टेलिकमले भ्वाइस र डेटा महसुल घटाएको छ ।

सरकारले दूरसञ्चार सेवा दस्तुर साउन १ गतेदेखि लागू हुने गरी घटाएसँगै टेलिकमले पनि भ्वाइस तथा डेटा महसुल घटाएको हो ।

कम्पनीले भ्वाइस, डेटा, पीएसटीएन, एडीएसएल र एफटीटीएच लगायतका सेवाको महसुल घटाएको सहप्रवक्ता रञ्जित लोहियाले जानकारी दिनुभयो ।

यसैगरी साउन १ गतेदेखि नै समर अफरअन्तर्गत विभिन्न प्याकेजहरूसमेत कम्पनीले उपलब्ध गराएको छ । यसअघि उपलब्ध सबै अफरहरूलाई अब उही मूल्यमा थप डेटा तथा भ्वाइस मिनेट उपलब्ध गराइने सहप्रवक्ता लोहियाले बताउनुभयो ।

केही अफरहरूमा उही मूल्यमा पहिले भन्दा ४ गुणासम्म बढीे डेटा भोल्युम थप भएका छन् । यस बाहेकका डाटा प्याकेज, भ्वाइस प्याकेज, एक दिने तथा एक मासिक प्याकेजहरूमा समेत सोही अनुसारको रिसोर्स थप गरी आकर्षक बनाइएको कम्पनीको दाबी छ ।

कम्पनीको सीयूजी सिम प्रयोगकर्ताले १००० रुपैयाँमा १० जीबी डेटा पाउँदै आएकोमा साउन १ गतेदेखि ४० जीबी डेटा पाउने भएका छन् ।

त्यस्तै सीयूजीकै १५०० रुपैयाँमा २० जीबी डेटा पाउँदै आएकोमा अब ८० जीबी पाउनेछन् ।