
एजेन्सी । भारतीय उद्योगपति एवं अभिनेत्री शिलपा शेट्टीका श्रीमान् राज कुन्द्राले आफ्नै बारेमा फिल्म बनाउँदैछन् ।
गत वर्ष पोर्नोग्राफी मुद्दामा पक्राउ परेर ६५ दिन कारागारमा बिताएका कुन्द्राले सोही घटनामा आधारित ‘यूटी नम्बर ६९’ नामक फिल्म बनाउन लागेका हुन् ।
जेलको ब्यारेकसँग सम्बन्धित कथा समेटिएको फिल्मको सुटिङ गत महिना नै सकिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । १८ दिनमै सकिएको फिल्ममा कुन्द्रा आफैँले अभिनय गरेका छन् ।
प्राइम भिडियोमा रिलिज हुने फिल्ममा कुन्द्रा एक कैदीको भूमिकामा छन् । जेलमा हुँदा उनीमाथि के–के भयो भन्ने विषय फिल्ममा समेटिएको छ ।
गोप्य रूपमा सुटिङ भएको फिल्मका कलाकारहरू पनि नयाँ छन् । फिल्मलाई शाहनवाज अलीले निर्देशन गरेका हुन् ।
गतवर्ष राज कुन्द्रामाथि पोर्न फिल्म बनाएको आरोप लागेको थियो । उनीसँगै अन्य १० जनालाई मुम्बई प्रहरीले आरोप लगाएर अदालतमा मुद्दा चलाएको थियो ।
प्रतिक्रिया दिनुहोस्