
काठमाडौं । पर्याप्त मात्रामा आकाशे पानी नपरेको र सिंचाइ अभावका कारण असार मसान्तसम्म बागमती प्रदेशमा ४३ प्रतिशत मात्र धान रोपाइँ भएको छ ।
प्रदेशअन्तर्गतको १३ जिल्लामा ५१ हजार ४ सय हेक्टर खेतीयोग्य जमिनमा रोपाइँ भएको प्रादेशिक कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
प्रदेशका अधिकांश पहाडी जिल्लाका क्षेत्रमा आकाशे पानीको भरमा धान खेती गर्नुपर्ने भएकाले अहिलेसम्म धान रोपाइँ कम भएको मन्त्रालयले जनाएको छ ।
रोपाइँ भएका धानका लागि रासायनिक मल समेत अभाव भएको किसानको गुनासो छ । एकातिर पानी नपर्नु र अर्कातिर मल अभावले किसान समस्यामा परेका हुन् ।
मन्त्रालयका प्रवक्ता भलकनाथ कँडेलका अनुसार प्रदेशको १३ जिल्लामध्ये सबैभन्दा बढी काठमाडौं र सबैभन्दा कम धादिङ जिल्लामा धान रोपाइँ भएको छ ।
प्रदेशमा विगत केही वर्षदेखि धान खेती घट्दै गएको मन्त्रालयको विवरणमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्