१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दमौलीमा स्कुल बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु


91
Shares

काठमाडौं । तनहुँको व्यास नगरपालिका–११ शेरामा स्कुल बस र मोटरसाइकल ठक्कर हुँदा एक जनाको मृत्यु भएको छ ।

शनिबार विहान सोही वडामा रहेको माया युनिभर्स एकेडेमी स्कुलको बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार युवाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोही वडाको बेल्टारी बस्ने २३ वर्षीय विक्रम सुनार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक २२ वर्षीय सुजन सुनार घाइते भएका छन् । घाइतेको दमौलीस्थित अस्पतालमा उपचार भइरहेको छ ।

घाँसीकुवाबाट फराकचौरतर्फ जाँदै गरेको ग १ क २६८३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ग १५ प ६५०४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएको थियो ।