१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विद्युत् गृह भासिँदा मृत्यु भएकाको परिवारलाई गाउँपालिकाले १ लाख राहत दिने


65
Shares

काठमाडौं । जुम्लाको हिमा गाउँपालिका–१ आचार्यलिहीमा पहिरोले विद्युत गृह भाँसिदा ज्यान गुमाउने ३ जनाको परिवारलाई गाउँपालिकाले एक लाख रुपैयाँ राहत दिने भएको छ ।

शनिबार जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, गाउँपालिकाका अध्यक्षसहितको टोलीले पहिरो गएको क्षेत्रको स्थलगत अवलोकन गरेको थियो ।

स्थलगत अवलोकनपछि बसेको गाउँ कार्यपालिकाको बैठकले पीडित परिवारलाई एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको अध्यक्ष शाहीले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंका अनुसार पीडित परिवारलाई संघीय सरकारले पनि एक लाख रुपैयाँ राहत दिनेछ ।

बिहीबार राति हिमा गाउँपालिका–१ आचार्यलिहीमा भित्रीखोला लघु जलविद्युत आयोजनामा पहिरो जाँदा विद्युतगृहका अपरेटर गोरखबहादुर शाहीका श्रीमती तथा ९ र ८ वर्षका दुई छोराको मृत्यु भएको थियो ।

श्रीमती र छोराको मृत्यु भएपछि अपरेटर रावत बेहोस भएका थिए । उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार गरी घर फर्किएका छन् ।