
काठमाडौं । रुसी सेनाले युक्रेनका शहरी क्षेत्रमा बमबारी र मिसाइल आक्रमण तीव्र बनाएकाे छ ।
जसका कारण निहत्थाका सर्वसाधारणको ज्यान जाने क्रम पनि बढ्दै गएकाे छ । पछिल्लो घटनामा रुसी मिसाइल आक्रमणबाट कम्तिमा १७ जना सर्वसाधारणको ज्यान गएको युक्रेनी अधिकारीहरूले बताएका छन् । रुसी आक्रमण पूर्वी डोनबास क्षेत्रमा केन्द्रित हुँदै आएकोमा पछिल्ला दिनहरूमा युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा पनि आक्रमण बढाएको छ ।
मध्य रातमा पनि रुसी मिसाइलहरू शहरी क्षेत्रमा खसेको बताइएको छ । शनिबार पनि दक्षिणी शहर निकोपोलमा रुसी मिसाइल आक्रमणमा परी कम्तिमा ३७ जनाको मृत्यु भएको थियो । रुसको लामो दूरीको क्रुज मिसाइलले युक्रेनको मध्य शहर डिनिप्रोमा अन्तरीक्ष रकेट प्लान्ट ध्वस्त बनाएको थियो । जहाँ ३ जनाको मृत्यु भएको थियो ।
साेही आक्रमणबाट नजिकैको आवासीय भवनमा समेत क्षति पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्