१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पूर्वी तराईमा अत्याधिक गर्मीका कारण अस्पतालमा विरामीकाे चाप

बिरामी भर्ना गर्न बेडको अभाव

182
Shares

काठमाडौं । विराटनगरका अस्पतालहरूमा गर्मीका कारण बिरामीहरूको चाप बढेको छ ।

पूर्वीतराईमा पछिल्ला केही दिनयता अत्याधिक गर्मी बढेका कारण अस्पतालहरूमा बिरामीको चाप बढेको हो । तापक्रम निरन्तर बढ्दा दिनभर तातो हावा चल्ने गरेको छ । जसका कारण ज्वरो आउने, रुघा खोकी लाग्ने र घाँटी खसखस हुने लगायतका समस्या पनि बढेको छ ।

बढ्दो दैनिक ४ सयदेखि ५ सयको हाराहारीमा ज्वरो र रुघा खोकीका बिरामी आउने गरेकाे कोशी अस्पतालले जनाएको छ । अत्यधिक गर्मीका बेला ज्वरो आएर कमजोर बनाउने भएकाले बिरामी भर्ना गर्न बेडको अभाव हुने गरेको छ ।

बढ्दो अस्पतालको आकस्मिक कक्षमा एक बेडमा दुईदेखि तीन जनासम्मलाई समेत राखेर उपचार गरिएको कोशी अस्पतालले जनाएकाे छ ।