
काठमाडौं । भारत भ्रमणमा रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुहुने भएकाे छ ।
उहाँले आज (आइतबार) अपराह्न प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुहुने भएकाे हाे । साथै उहाँले आइतबार नै भाजपाको मूख्याल भ्रमण गरेर भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग पनि भेटवार्ता गर्नुहुने भएकाे छ।
उहाँ भारत गएदेखि नै राजनीतिक भेटघाटमा व्यस्त हुनुभएकाे छ । गत शुक्रबार नयाँ दिल्ली पुगेलगत्तै उहाँले त्यहाँका सत्ता तथा विपक्षी दललका नेताहरूसँग भेटवार्ता गरिरहनुभएकाे हाे ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आजै स्वदेश फर्किने कार्यक्रम रहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्