१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


आयात प्रतिबन्धको अवधि डेढ महिना थपियो


546
Shares

काठमाडौं । सरकारले आयात प्रतिबन्धको अवधि डेढ महिना बढाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत वैशाख दोस्रो सातादेखि असार मसान्तसम्मका लागि लगाएको आयात प्रतिबन्धलाई भदौ १५ सम्म निरन्तरता दिने निर्णय गरेको हो ।

मन्त्रालयले गत असार ३१ गते पैठारी ऐन २०१३ बमोजिम प्रतिबन्धको अवधि थप गर्ने निर्णय गरेको हो । मन्त्रालयले औद्योगिक कच्चा पदार्थ तथा खाद्यान्न बाहेकका वस्तुहरुको आयातमा प्रतिबन्ध लगाएको हो । आयातमा पूर्ण रुपमा प्रतिबन्ध लगाईएका वस्तुहरूमा कुरकुरे, कुरमुरे, लेज, चकलेट, विदेशी मदिरा, सूर्तिजन्य पदार्थ, हिरा, महंगा विद्युतीय सामाग्रीलगायत छन् ।

त्यस्तै १ सय ५० सीसी भन्दा बढीका सबै खाले मोटरसाइकल, जीप, कार, भ्यान, खेलौनाको समेत आयातमा प्रतिबन्ध लगाएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएकाे छ ।