१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


१० वर्षमा धनकुटाका १८ जनाकाे वैदेशिक रोजगारीमा मृत्यु


104
Shares

धनकुटा । विगत एक दशकको अवधिमा धनकुटाबाट वैदेशिक रोजगारीमा गएकामध्ये १८ जनाले ज्यान गुमाएका छन् ।

मलेसियासहित खाडी देशहरूमा रोजगारीका लागि पुुगेका १८ जनाको आकस्मिक र विभिन्न दुर्घटना परी ज्यान गएको आप्रवासी स्रोत केन्द्र धनकुटाले जनाएको छ ।

मृतकमध्ये श्रम स्वीकृृति लिएर गएका १२ जनाको परिवारले रोजगारदाता कम्पनी र नेपाल सरकारबाट राहत र क्षतिपूर्ति रकम पाएका छन् । बाँकी ६ जनाको भने क्षतिपूर्ति र राहत प्राप्तिको प्रक्रिया पूरा नभएको आप्रवासी स्रोत केन्द्र धनकुटाले जनाएको छ ।

एक दशकको अवधिमा धनकुटाका ४६ हजार ५ सय ९१ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।