१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आर्थिक वर्ष २०७८/७९ मा लक्ष्यको ९० प्रतिशत राजस्व संकलन


156
Shares

काठमाडौं । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७८ / ०७९ मा लक्ष्यको ९० प्रतिशत अर्थात ४ खर्ब ८३ अर्ब करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

सरकारले यस अवधिमा ५ खर्ब ३७ अर्ब ९४ करोड बराबर राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । गत वर्षको यसै अवधिको तुलनामा यस वर्ष राजस्व संकलन १ सय १२ प्रतिशतले वृद्धि भएको जनाइएको छ । आयकरबाट २ खर्ब २९ अर्ब २५ करोड राजस्व संकलन गरेको विभागले जनाएको छ ।

त्यस्तै, विभागले घरबहाल करबाट ३ अर्ब ७ करोड संकलन गरेको तथ्याङकमा उल्लेख छ । भ्याटबाट १ खर्ब १५ अर्ब ८५ करोड राजस्व संकलन गरेको विभागले अन्तशुल्क शीर्षकबाट १ खर्ब ३ अर्ब २ करोड संकलन गरेको तथ्याङकमा उल्लेख छ ।

यस्तै, शिक्षाबाट १ अर्ब १ करोड संकलन गर्ने लक्ष्य लिएकोमा १ अर्ब २४ करोड राजस्व संकलन गरेको विभागले जनाएको छ ।