
तस्विर फाइल
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ४ सय ५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ६ सय ५१ जनाको नमूना परीक्षण गरिएको थियो ।
२ हजार ३ सय ४१ जनाको पीसीआर र २ हजार ३ सय १० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४ सय ५७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सोमबार ४८ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर १ हजार ७ सय ७६ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, २४ घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्