
धनकुटा । जिल्लाको महालक्ष्मी नगरपालिकाले नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई कुनै पनि राजनीतिक दलमा संग्लन हुन नपाउने गरी परिपत्र जारी गरेको छ ।
असार २० गते बसेको नगरसभाको बैठकले नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई कुनै पनि राजनीतिक दलहरूमा संग्लन हुन नपाउने निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र नेपालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्