२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


योगमाया आयुर्वेद विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने शिक्षामन्त्रीको प्रतिबद्धता


52
Shares

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले योगमाया आयुर्वेद विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने बताउनुभएको छ ।

संसद्को शिक्षा तथा स्वास्थ्य समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६’ का सम्बन्धमा भएको छलफलमा मन्त्री पौडेलले विधेयक प्रतिनिधिसभाको समयावधिभित्रै टुङ्ग्याउने गरी अघि लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

योगमायाले सङ्घर्ष र साधना गरेको स्थान केन्द्रित गरेर योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना गरिने र आवश्यकता अनुसार प्रदेशस्तरमा पनि विश्वविद्यालय खोल्न सकिने गरी विधेयक ल्याउन लागिएको बताउनुभयो ।

मन्त्री पौडेलले तत्काल समितिबाट विधेयक पास गर्न सांसदहरूलाई आग्रह गर्नुभयो ।