
काठमाडौं । न्यायपरिषद्ले थप दुई न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस गरेको छ ।
न्यायपरिषद् बैठकले न्यायाधीशहरू राकेशकुमार निधि र अनिलकुमार शर्मालाई बर्खास्त गर्न सिफारिस गरेको न्यायपरिषदका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिनुभएको हो ।
निधि उच्च अदालत महेन्द्र नगरको न्यायाधीशमा कार्यरत छन् भने शर्मा जिल्ला अदालत काठमाडौंमा कार्यरत थिए ।
न्यायपरिषदको सिफारिसलाई कामु प्रधानन्यायाधीशले सदर गरेपछि उनीहरू बर्खास्तीमा पर्नेछन् ।
कार्यसम्पादनमा कैफियत तथा खराब आचरण देखिएका न्यायाधीशमाथि परिषद्ले कारबाही तीव्र बनाएको छ ।
यसअघि परिषद्ले ३ न्यायाधीशलाई बर्खास्तीको सिफारिस गरेको थियो भने एक जनालाई सचेत गराएको थियो ।
प्रतिक्रिया दिनुहोस्