
काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले तत्काल राष्ट्रियस्तरको गठबन्धन बनाउने पक्षमा नभएको बताउनुभएको छ ।
मंगलबार विराटनगरमा प्रेस चौतारी प्रदेश १ कमिटीद्वारा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष पोखरेलले आउँदो निर्वाचनलाई केन्द्रित गर्दै राष्ट्रियस्तरमा दलीय गठबन्धन गर्ने पक्षमा नेकपा (एमाले) नरहेको प्रस्टाउनुभएको हो ।
तत्कालको अवस्थामा वाम तालमेलको अवस्था नरहेको बताउँदै पोखरेलले वाम मोर्चा, वाम गठबन्धन प्रिय लाग्ने शब्द मात्र भएको उल्लेख गर्नुभयो ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको भारत भ्रमणले एमालेलाई एक्लाउने कुरामा सत्यता नहुने उहाँले बताउनुभयो ।
पछिल्लो समय संघीयता खारेजीको कुरामा उपाध्यक्ष पोखरेलले राजनीतिक सहमतिमा संविधान बनाइएको बताउनुभयो ।
प्रदेश खारेजीका कुरा आइरहेको सन्दर्भमा उहाँले प्रदेश खारेजीको कुरा बकवास भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्