२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


शेयर बजारमा हरियाली, १६ अंकले बढ्यो नेप्से


481
Shares

काठमाडौं । कारोबार हुने साताको तेस्रो दिन शेयर बजारमा हरियाली छाएको छ ।

मंगलबार नेप्से परिसूचक १६.२० अंकले बढेर २०४५.६३ विन्दुमा पुग्दा ठूला कम्पनीको कारोबार गर्ने सेन्सेटिभ परिसूचक २.८० अंकले बढेर ३९१.५६ विन्दुमा पुगेको छ ।

यसदिन कारोबार भएका १३ उपसूचक समूहमा सबैमा हरियाली छाएको छ । सबैभन्दा धेरै फाइनान्स समूहका लगानीकर्ताले २.७ प्रतिशतले कमाउँदा, माइक्रोफाइनान्स १.८५, व्यापार १.५९, होटल तथा पर्यटन १.४२ प्रतिशतले बढेका छन् ।

यस दिन शिवम् सिमेन्टमा लगानीकर्ताहरूले बढी चासो देखाएका छन् । सो कम्पनीको कारोबार १५ करोड ९७ लाख रुपैयाँको भयो । यस्तै दोस्रोमा एभरेष्ट बैंक लिमिटेडको १० करोडभन्दा बढीको कारोबार भयो ।

बजारमा सुधार आउँदा कारोबार रकमसमेत बढेको छ । यसदिन २१३ कम्पनीका ५७ लाख १३ हजार २४८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २९ करोड ९३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भयो ।