१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


पाँचथरको याङवरक प्रदेशमै पहिलो पूर्णखोप सुनिश्चित गाउँपालिका


26
Shares

पाँचथर । पाँचथरको याङवरक गाउँपालिका प्रदेश १ मै पहिलो १८ वर्षमाथि उमेर समूहको कोभिड–१९ विरुद्धको पूर्णखोप सुनिश्चित गाउँपालिका घोषित भएको छ ।

कोभिड–१९ विरुद्धको पूर्ण खोप गाउँपालिका सुनिश्चित गर्ने कार्यविधि बमोजिमका सम्पूर्ण प्रक्रियाहरू पूरा गरेपछि याङवरक गाउँपालिका पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा भएको हो ।

१८ वर्षभन्दा माथि उमेर समूहका गाउँपालिकाको लक्ष्य १० हजार २ सय ४० रहेकोमा अहिले सम्म ९ हजार ८ सय ७५ जनाले पूर्ण रूपमा खोप लगाइसकेका छन् ।

कोरोना संक्रमणको पुनः बढ्न थालेको अवस्थामा आफ्नो गाउँपालिकाका सबै स्थानीयहरूले खोप लागाएकोले जोखिम पनि कम भएको गाउँपालिकाका अध्यक्ष सुवास योङया बताउनुहुन्छ ।

पालिकामा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शिक्षक, विभिन्न संघसंस्था सबैको सहयोगमा पालिकालाई कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चत गाउँपालिका घोषणा गर्न सफल भइएको गाउँपालिका उपाध्यक्ष बाबा मेन्याङबो बताउनुहुन्छ ।

कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चित गर्न १० वटा चरणमा काम गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुमन लिङ्देन बताउनुहुन्छ ।

पूरा गर्नुपर्ने मापदण्ड, तथा प्रक्रिया पालिकाले पूरा गरेको हुँदा गाउँपालिकालाई कोभिड १९ विरुद्धको पूर्ण खोप सुनिश्चत गाउँपालिका घोषणा गरिएको जिल्ला खोप समन्वय समिति सचिव तथा स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख तेज बहादुर तुम्बापो बताउनुहुन्छ ।

कोरोना संक्रमणको पुन जोखिम बढिरहेको अवस्थामा सबैजनाले खोप लगाउनु जरुरी देखिन्छ ।