२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


इजिप्टमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु, ३३ घाइते


182
Shares

काठमाडौं । इजिप्टमा बस दुर्घटना हुँदा कम्तिमा २२ जना मानिसको मृत्यु भएको छ ।

साेही दुर्घटनामा परी ३३ जना मानिस घाइते भएका छन् । इजिप्टकोे दक्षिणी क्षेत्रमा पर्ने मिन्या प्रान्तमा भएको दुर्घटना घाइतेहरूको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । सोहाङबाट राजधानी कायरोतर्फ आइरहेको बस सडकमा रोकेर राखिएको ट्रकमा ठोक्किएर दुर्घटना भएको जनाइएको छ ।

इजिप्टमा सडक तथा यातायातका साधनको बिग्रिएको अवस्था र चालकको लापरबाही लगायतका कारणले वर्षेनी हुने सडक दुर्घटनामा कयौंको मृत्यु हुने गरेको छ ।