१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अभिनेत्री मानुषीले जोनसँग फिल्म ‘तेहरान’ को सुटिङ सुरू गर्दै


1.534k
Shares

एजेन्सी । पूर्वमिस वर्ल्ड तथा अभिनेत्री मानुषी छिल्लरले अभिनेता जोन अब्राहमसँग आफ्नो फिल्म ‘तेहरान’ को सुटिङ सुरू गरेकी छन् ।

फिल्म ‘सम्राट पृथ्वीराज’ बाट बलिउडमा डेब्यु गरेकी मानुषीको यो दोस्रो फिल्म हो । यस फिल्ममा उनी जोन अब्राहमका साथ मुख्य भूमिकामा देखिन लागेकी हुन् । फिल्मका निर्माताले फिल्मको सेटबाट मानुषीसहितको तस्बिर समेत सार्वजनिक गरेका छन् ।

साेही फिल्मलाई अरुण गोपालनले निर्देशन गरेका छन् । साथै याे फिल्मको कथा भने रितेश शाह र आशिष प्रकाश बर्माले लेखेका छन् । एक्सन थ्रिलर विषयमा निर्माण हुन लागेको फिल्मलाई दिनेश विजनले निर्माण गर्ने भएका छन् ।