
काठमाडौं । गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा २ सय ५ वटा वन्यजन्तु मरेका छन् ।
एक वर्षको अवधिमा १ सय ४ वटा वन्यजन्त प्राकृतिक कारण र अन्य १ सय १ वटा वन्यजन्तुको अन्य कारणले मरेका हुन् । कुकुरको आक्रमणबाट ५९, तारजालीमा परेर १६, सवारी दुर्घटनामा परेर ११, चोरी–सिकारीबाट २ वटा वन्यजन्तु मरेकाे चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।
यसबाहेक १२ वटा वन्यजन्तुको मृत्युको कारण नखुलेको र पूर्व–पश्चिम राजमार्गको टिकौलीस्थित निर्माणाधीन सडकको नाली बनाउन खनिएको खाडलमा फसेर एउटा गैंडा मरेकाे हाे । निकुञ्जका अनुसार ३७ वटा एकसिंगे गैंडा र ६ वटा बाघसहितका वन्यजन्तु मरेकाे जनाइएकाे छ ।
त्यस्तै, निकुञ्जमा आर्थिक वर्ष २०७८/०७९ मा पंक्षी र सरीसृपसमेत गरी २९ प्रजातिका २ सय ५ वटा वन्यजन्तु मरेकाे निकुञ्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्