१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धनगढीका मुख्यसडकसहितका बस्तीहरू जलमग्न


104
Shares

कैलाली । विहानदेखिको अविरल वर्षाका कारण कैलालीको धनगढी बजारका मुख्य सडकलगायतकाका बस्तीहरू जलमग्न भएका छन् ।

पानीको उचित निकास नहुँदा बुधबार जिल्लाका विभिन्न स्थानमा वर्षाका कारण बस्तीहरू जलमग्न भएका हुन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर एक, तीन र पाँचका वस्तीमा पानी जमेका छन् । डुबानमा कारण आउजाउ गर्न र व्यापार व्यवसाय सञ्चालनमा समस्या भएको छ ।

मुख्य बजार क्षेत्रमा पानीको उचित निकास नहुँदा धनगढीमा सामान्य वर्षा हुँदा पनि स्थानीयले डुवानको समस्या खेप्दै आएका छन् ।