६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


गण्डकी प्रदेशको बजेट खर्च ७० प्रतिशत


13
Shares

काठमाडौं । गण्डकी प्रदेशले कुल बजेटको ७० प्रतिशत खर्च गरेको छ ।

गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्षमा कुल बजेटको ७० दशमलव ४२ प्रतिशत बजेट खर्च गरेको हो । यो अघिल्लो वर्षको भन्दा शुन्य दशमलव ६७ प्रतिशतले कम हो ।

अघिल्लो वर्ष गण्डकी सरकारले ७१ दशमलव ०९ प्रतिशत बजेट खर्च गरेको थियो । गण्डकी प्रदेश सरकारले ३१ अर्ब ३७ करोड ३६ लाख बढी बजेट विनियोजन गरेकोमा २२ अर्ब ९ करोड ४१ खर्च गरेको छ ।

प्रदेश सरकारले चालुतर्फ ६० दशमलव ५४ प्रतिशत बजेट खर्च गरेको छ भने पुँजीगततर्फ ७८ दशमलव ५ प्रतिशत बजेट खर्च गरेको छ ।

जेठ मसान्तसम्म गण्डकी सरकारले १३ अर्ब ९७ करोड मात्र खर्च गरेको थियो तर, असारमा मात्रै ८ अर्ब ११ करोड ५५ लाख खर्च गर्दै गण्डकी सरकारले कुल खर्च २२ अर्ब ९ करोड पुर्याएको हो ।