
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले पदबाट राजीनामा दिएका छन् ।
व्यक्तिगत कारण देखाउँदै दासानायकेले पदबाट राजीनामा दिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । उनले स्कटल्याण्ड भ्रमण सुरु हुनुअघि नै राजीनामा दिएका थिए ।
क्यानले दासानायककेको राजीनामा पनि स्वीकृत गरिसकेको छ ।
बुधबार पत्रकार सम्मेल गर्दै मुख्य प्रशिक्षक दासानायकेले औपचारिक रूपमा राजीनामा घोषणा गरेका थिए ।
पत्रकार सम्मेलनमा उनले आफ्नो कोचिङ करियरको सबैभन्दा कठिन निर्णय भएको बताएका छन् । आफूलाई नेपाल क्रिकेट मनपर्ने र अहिलेको स्थितिमा छाड्नुपर्दा निकै भावुक भएको बताए ।
परिवारको हेरचाह र परिवारको साथमा समय बिताउनुपर्ने भएकाले आफूले नेपाल छाड्न लागेको उनले बताएका छन् ।
आफूले यो समय परिवारलाई दिन नसके निकै पछुताउने पनि उनले बताए । यद्यपि यस विषयमा धेरै उनी धेरै खुल्न चाहेनन् ।
नेपाली टोलीलाई शुभकामना दिँदै उनले नेपाली टोलीमा फर्कन दिएकोमा क्यानलाई विशेष धन्यवाद दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्