२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


प्रधानमन्त्री बन्न प्रचण्ड देश/विदेश दौडाहमा निस्केको एमाले महासचिव पाेखरेलको टिप्पणी


65
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्नका लागि देश/विदेश दौडाहामा निस्केको टिप्पणी गर्नुभएको छ ।

१२ प्रतिशत जनमतलाई समेत प्रभावित पार्न नसक्ने अध्यक्ष दाहालले प्रधानमन्त्री बन्ने प्रयास गर्नु लोकतन्त्रका लागि लज्जाको विषय भएको महासचिव पोखरेलको भनाइ थियो ।

बुधबार काठमाडौंमा आयोजित अनलाइन समाचार माध्यामका सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले दाहालप्रति संकेत गर्दै जनमत गुमाएकाहरूले राष्ट्रको नेतृत्व गर्ने भन्ने कुरा लोकतान्त्रिक कुरा नभएको तर्कसमेत गर्नुभयो ।

महासचिव पोखरेलले कालो धनलाई सेतो बनाउने आफ्नो प्रयास असफल भएपछि सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि प्रहार गरिरहेको आरोप लगाउनुभयो ।

उहाँले गभर्नरलाई एमालेको कुनै विभागको सदस्यको रूपमा मुछेर सरकारले हटाउने प्रयास गरिहेकोभन्दै आपत्ति समेत जनाउनुभयो । महासचिव पोखरेलले गभर्नर अधिकारीलाई सो पदबाट हटाउने काम गरिए मुलुक श्रीलंकाकरण हुने भन्दै चिन्ता समेत व्यक्त गर्नुभयो ।

महासचिव पोखरेलले गभर्नर अधिकारी एमालेको कुनै पनि विभागमा नरहेको कुरा उहाँ स्वयंले भनेपछि त्यसमाथि थप बहसको कुनै जरुरी नरहेको पटक–पटक दोहो¥याउनुभयो ।