१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


संसदीय छानबिन विशेष समितिले बिहीबार जनार्दन शर्मालाई बोलाएर छलफल गर्ने


91
Shares

काठमाडौं । संसदीय छानबिन विशेष समितिले बिहीबार निःर्वतमान अर्थमन्त्री शर्मालाई बोलाएर छलफल गर्ने भएको छ ।

तत्कालिन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको समितिको बुधवार बसेको बैठकले सोधपुछको लागि निःर्वतमान अर्थमन्त्री शर्मालाई बोलाउने भएको हो ।

समितिका सचिव सुरेन्द्र अर्यालले बुधबार बैठकमा अर्थमन्त्री, अर्थ मन्त्रालयभित्र अनधिकृत घुसपैठसम्बन्धी समाचार लेख्ने अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत दुई पत्रकार सुरेन्द्र काफ्ले र ममता थापासँग सोधपुछ गरेको बताउनुभयो ।

सचिव अर्यालले छानबिनको लागि संसदले दिएको १० दिन समय नपुग्ने भन्दै म्याद थपको विषयमा छलफल भएको बताउनुभयो । उहाँले समितिको म्याद थप गर्ने विषयमा छलफल भए पनि दिन किटान नगरिएको बताउनुभयो ।

समितिले म्याद थपको विषयमा छलफल मात्रै भएको भनिए पनि ७ दिन म्याद थप गर्न सभामुखलाई आग्रह गर्ने संकेत गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले संसदीय समितिलाई छानबिनका लागि दिएको १० दिनको समय अब दुई दिन मात्रै बाँकी रहेको छ ।