१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


उपत्यकाको फोहोर एक सातासम्म नउठ्ने


572
Shares

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर एक सातासम्म नउठ्ने भएकाे छ ।

काठमाडौं महानगरपालिकाले एक सातासम्मका लागि फोहोरलाई घरभित्रै व्यवस्थापन गर्न आग्रह गरेको हाे । नुवाकोटको बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट पुग्ने सडक मर्मतका कारण फोहोरका गाडीहरू ल्याण्डफिल्ड साइट पठाउन नसकिएको भन्दै महानगरले एक सातासम्मका लागि फोहोर उठाउन नसक्ने जनाएकाे छ ।

महानगरपालिकाले एक सूचना जारी गर्दै कम्तिमा एक हप्ताका लागि घरबाट निस्कने फोहोरलाई सडक चोक र सार्वजनिक स्थानमा नफाल्न र फोहोर छुट्याएर राख्न समेत आग्रह गरेको छ । करिब ३ महिनादेखि बिग्रिएको सडक फोहोर उठाउने क्रम पुनः अवरुद्ध हुँदा सडक र चोकहरूमा फेरी फोहोर थुप्रिने सम्भावना बढेको छ ।