३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


आईएमई लाइफ इन्स्योरेन्सले ‘केयरएनपी ट्रिपल बि’ रेटिङ्ग प्राप्त गर्‍यो


481
Shares

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘केयरएनपी ट्रिपल बि’ रेटिङ्ग प्राप्त गरेको छ ।

रेटिङ्ग एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङ्गले समयमा नै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी रहेको जनाएकाे छ । कम्पनीले आफ्ना लगानीकर्ताहरूको सुरक्षाको निम्ति जोखिमहरूलाई न्यूनीकरण गर्दै लगेको समेत यस रेटिङ्गले थप पुष्टि गरेकाे छ ।

आगामी दिनमा पनि कम्पनीले आफ्ना परिसूचकहरू अझ सशक्त रुपमा अगाडि बढाउदै लैजाने कुरामा कम्पनी अझै प्रतिबद्ध रहेको जनाएकाे छ ।

कम्पनीले १ सय ४० वटा शाखा कार्यालयबाट सेवा प्रदान गर्दै आईरहेको छ । साथै कम्पनीमा २७ हजार भन्दा धेरै अभिकर्ताहरू रहेका छन् । कम्पनीले नविनतम सेवा उपलब्ध गराउँदै जाने क्रममा कम्पनीको वेबसाइट र मोबाइल एप्समार्फत विविध सेवा तथा सूचनाहरू प्रदान गर्दै आएको छ ।

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ५ वर्ष अगाडि जीवन बिमा व्यवसाय गर्नका लागि लाइसेन्स प्राप्त गरेको थियो ।

साेही कम्पनीमा ग्लोबल आइएमई बैक र आइएमई ग्रुप लगायत ठूला प्रतिष्ठित व्यवसायिक समूहहरूको लगानी समेत रहेको छ ।