२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


छानबिन समितिले साेधेका सबै प्रश्नको जवाफ दिएँ : पूर्वअर्थमन्त्री शर्मा


286
Shares

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले संसदीय विशेष छानबिन समितिले सोधेका सबै प्रश्नको जवाफ दिएको र यसको निचोड पनि समितिले नै गर्ने बताउनुभएको छ ।

आज (बिहिबार) समितिले आर्थिक वर्ष २०७९ /०८० को बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गरेर करका दर हेरफेर गरेको आरोपका विषयमा सोधेका सबै प्रश्नको आफूले जवाफ दिएको बताउनुभएको हो । समितिले पूर्वअर्थमन्त्री शर्मासँग बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गरेर करका दर हेरफेर गरेको आरोपका विषयमा सोधपुछ गरेको थियो ।

उहाँ माथि छानबिनका लागि गठित संसदीय विशेष छानबिन समितिको बिहिबार सिंहदरबारमा बसेको बैठकमा साेही विषयमा सोधपुछ भएको हाे । समितिको बैठकमा पूर्वअर्थमन्त्री शर्मा उपस्थित भएर छलफलमा भाग लिनुभएको थियाे।

उहाँलाई २०७९/०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेको छ ।