१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रचण्ड–बाबुराम भेटवार्ता, समाजवादी केन्द्र बनाउने प्रचण्डको प्रस्ताव


2.405k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टी एकता गरी नेकपा समाजवादी केन्द्र बनाउन प्रस्ताव गर्नुभएको छ ।

ललितपुरस्थित एक निजी घरमा नेताद्वयबीच भएको भेटमा अध्यक्ष दाहालले उक्त प्रस्ताव गर्नुभएको हो ।

पार्टी एकता गरेर समाजवादी केन्द्र बनाउँदा नेकपा (एकीकृत समाजवादी)का नेताहरूसहित एकताको वातावरण बन्ने दाहालको दाबी छ ।

भट्टराईले सुरुमा आफू कम्युनिष्ट पार्टीमा नफर्कने बताए पनि छलफल गरेर अगाडि बढ्ने प्रतिक्रिया दिनुभएको छ ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले केही दिनदेखि डा. भट्टराईलगायतका नेतासँग निरन्तर भेटघाट भइरहेको र यही क्रममा डा. भट्टराईसँग भेट भएको बताउनुभयो ।