१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘अन्तराष्ट्रिय युवा दिवस’ नेपालमा पनि भव्य रूपमा मनाइने


0
Shares

काठमाडौं । ‘अन्तराष्ट्रिय युवा दिवस’ नेपालमा पनि भव्य रूपमा मनाइने भएको छ ।

साउन २७ गते दिवस मनाउन युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको हो ।

युवाहरूलाई देश र जनताप्रति जवाफदेही हुने गरी काम गर्न प्रेरित गर्ने उद्देश्यले दिवस मनाउन मूल समारोह समिति समेत गठन गरिएको मन्त्री गहतराजले बताउनुभयो ।

दिवसलाई देशव्यापी बनाउन सबै प्रदेश र स्थानीय तहहरूमा पनि विभिन्न रचनात्मक कार्यक्रमको आयोजना गरी मनाउन आग्रह गरिने उहाँले जानकारी दिनुभयो ।

सो दिवसको अवसरमा राष्ट्रियसभा गृहमा विशेष समारोह आयोजना गरिनेछ । सभारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख अतिथिको रुपमा सहभागी हुनुहुने राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

उक्त दिन विहान काठमाडौंको भृकुटीमण्डवबाट प्रभातफेरी कार्यक्रम समेत आयोजना हुनेछ । प्रभातफेरीमा नेपाली सेना, नेपाल प्रहरी, सशष्त्र प्रहरी बल, नेपाल, नेपाल स्काउट, राष्ट्रिय खेलकुद परिषदको समेत सहभागिता हुनेछ ।

‘अन्तरपुस्ता ऐक्यवद्धताः सबै उमेर समूहमैंत्री विश्व निर्माणमा प्रतिवद्धता’ भन्ने मूल नारा यस वर्षको अन्तराष्ट्रिय युवा दिवसको तय गरिएको छ । संयुक्त राष्ट्र संघको आह्वानमा हरेक वर्ष अगष्ट १२ को दिन विश्वव्यापी रुपमा सो दिवस मनाउने गरिन्छ ।