१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


टेलिकमको नयाँ अफर : ५० पैसामा १ मिनेट भ्वाइस प्याक, ४९ रुपैयाँमा दिनभर इन्टरनेट


9.49k
Shares

काठमाडौं । नेपाल टेलिकमले नयाँ अफरहरू थप गरेको छ ।

साउन १ गतेदेखि समर अफर उपलब्ध गराएको कम्पनीले भ्वाइस, म्यासेज र डेटाको केही अफर थप गरेको हो ।

टेलिकमले अब जुनसुकै समयमा सबै नेटवर्कमा कल गर्न सकिने अल नेट २० मिनेट भ्वाइस प्याक र १०० मिनेट भ्वाइस प्याक उपलब्ध गराएको छ ।

२४ घण्टा अवघि रहेको २० मिनेट भ्वाइस प्याक १५ रुपैयाँमा, तीन दिन अवधि रहेको १०० मिनेट भ्वाइस प्याक ४९ रुपैयाँमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ । यसरी हेर्दा १ मिनेट कलको ५० पैसा मात्र पर्न जान्छ ।

त्यसैगरी नयाँ अफरको रूपमा २४ घण्टाका लागि १ एमबीपीएस स्पिडको अनलिमिटेड डाटा ४९ रुपैयाँमा उपलब्ध छ ।

कम्पनीले विभिन्न प्रकारका एसएमएस प्याकलाई पनि अपडेट गर्नुका साथै नयाँ अफरसमेत थप गरेको छ ।

अब १ दिनको लागि सबै नेटवर्कमा १०० एसएमएस १५ रुपैयाँमा, ३ दिनको लागि २०० एसएमएस २९ रुपैयाँमा र ९८ रुपैयाँमा २८ दिन ३०० एसएमएस पठाउन सकिन्छ ।

कम्पनीले कर्पोरेट युजरका लागि उपलब्ध भइरहेको सीयूजी प्याकेजमा पहिलाभन्दा ४ गुणासम्म बढीे डेटा भोल्युम उपलब्ध गराएको छ ।

पहिले उपलब्ध अधिकांश अफरहरूलाई अब उही मूल्यमा थप डाटा र भ्वाइसमा थप मिनेट सहित उपलब्ध गराइएको छ । साथै, कतिपय अफरलाई परिमार्जन गरिएको कम्पनीले जनाएको छ ।