
काठमाडौं । समाजवादी केन्द्र नेपालका सर्वोच्च नेता युवराज सफलले आफू पार्टीको नेतृत्व हस्तान्तरण गर्न तयार रहेको बताउनुभएको छ ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै सर्वोच्च नेता सफलले देशका शीर्षस्थ नेताहरूले समाजवादी केन्द्र गठनबारेमा छलफल हुनु सकारात्मक र ऐतिहासिक भएको भन्दै शीर्षस्थ नेताहरूमध्येबाट सर्वोच्च नेता, उच्च नेता, नेता रहने तथा दोस्रो पुस्ताबाट पदाधिकारी रहने गरी नेतृत्व बुझाउन तयार रहेको बताउनुभयो ।
साथै केन्द्रले सिंगो राष्ट्र र नागरिकलाई समाजवादको दिशामा अगाडि बढाउने उदेश्यले समाजवादी केन्द्र बनाउने सोच आएको भए तत्काल नै योग्य व्यक्तिलाई नेतृत्व सुम्पन तयार रहेको विज्ञप्तिमा उल्लेख छ ।
पछिल्लो केही दिनदेखि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटघाट र छलफलमा समाजवादी केन्द्र गठनको विषयले प्रवेश पाएको छ ।
यो छलफलअघि दाहाल र भट्टराईसहित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रियसभा सदस्य वामदेव गौतमको पनि भेटवार्तामा केन्द्र गठनको विषयमा वहस भएको थियो ।

प्रतिक्रिया दिनुहोस्