
काठमाडौं । महोत्तरीमा बिहीबार भतिजाले कोदालो प्रहार गरी आफ्नै काकाको हत्या गरेका छन् ।
महोत्तरीको पिपरा गाउँपालिका–५ सहोडवा गाउँमा आफ्नै भतिजाले कोदालो प्रहार गरी काकाको हत्या गरेको प्रहरीले जनाएको छ । ४० वर्षीय भतिजा रामनाथ दासले आफ्ना ६० वर्षीय काका रामबहादुर दासलाई कोदालो प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
घरबाट २ सय मिटर टाढा बगैँचामा बसिरहेका भतिजा रामनाथलाई काका रामबहादुरले बोलाउन जाँदा रामनाथले खेतमा काम गरेर आफूसँगै ल्याएको कोदालोले काकाको टाउकोमा प्रहार गरेका थिए । काका रामबहादुरको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।
रामबहादुरको शव बिहीबार राति नै जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ भने हत्या गर्ने भतिजा रामनाथलाई घरबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्