७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


प्रतितोला एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य


390
Shares

काठमाडौं । साताको छैठौं दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार एक हजारले बढेर ९४ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि शुक्रबार १० रुपैयाँले बढेर १ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।