१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वीरगञ्जमा ७४ लाखको सामानसहित ट्रक नियन्त्रणमा


364
Shares

काठमाडौं । वीरगञ्जमा करिब ७४ लाख रुपैयाँ बराबरको सामानसहित प्रहरीले एउटा ट्रक नियन्त्रणमा लिएको छ ।

हार्डवेयर सामग्री तथा अन्य खुद्रा सामग्री बोकेको ट्रकलाई वीरगञ्ज महानगरपालिका–२१ परवानीपुरचोकबाट पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो ।

बिल विजकभन्दा बढी सामग्री ल्याएको सूचनाको आधारमा ट्रक नियन्त्रणमा लिएर कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको पर्सा प्रहरीले जनाएको छ ।

यस्तै, बिहीबार काठमाडौंको चावहिलबाट पनि प्रहरीले भारतबाट राजस्व छलेर ल्याएको सामानसहित एक जनालाई नियन्त्रणमा लिएको थियो । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले ४० वर्षीय नवराज शर्मा भन्ने छविलाल अगस्तीलाई नियन्त्रणमा लिएको हो ।

उनले भारतबाट राजस्व छली गरेर चुरोट, गुट्खा, मोटरसाइकलका पार्ट्सलगायतका सामान ल्याएको प्रहरी जनकारी दिएको छ ।